काठमाडौं । नेपाल बायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन वटा जहाज किन्ने भएको छ ।
नेपाल एयरलाइन्सले दुर्गम क्षेत्रमा हवाइ कनेक्टिभटिी बढाउनका लागि तीन वटा साना जहाज खदिरको प्रक्रिया अघि बढाएको हो ।
जहाज खरिदको कार्ययोजना अघि बढाउनका लागि निगम व्यवस्थापनको उपसमितिले आफ्नो प्रतिवेदन पेश गरिसकेको निगमका उपनिर्देशक तथा प्रवक्ता विमले पौडेलले जानकारी दिए ।
ती जहाजहरु निगमले आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार निर्माता कम्पनीसँग खरिद गर्न लागेको उनले बताए । तीन वटा जहाज खरिद गरेपछि नेपालको दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा प्रदान गर्न सकिने विश्वास व्यक्त गरे ।
‘यी जहाजहरु निगमले आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रुपले निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो ।’ उनले भने, ‘निगमले नयाँ ३ वटा जहाज खरिद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा प्रदान गर्न सकिनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया