रोल्पामा बस दुर्घटना : ११ महीने बालकसहित दुईको मृत्यु

काठमाडौं । रोल्पाको लुंग्री गाउँपालिका-३ जुतुङखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

सुलिचौरबाट सिर्पतर्फ गइरहेको ग १ ख ५५११ नम्बरको बस साँझ ६ बजे दुर्घटनामा पर्दा चालकसहित एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक प्युठान सारी-५ का २४ वर्षीय नमराज आले र लुंग्री-३ जुतुङखोलाका ११ वर्षीय नितेश विश्वकर्मा रहेको  जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।  

दुर्घटनामा चार जना घाइते गम्भीर घाइते भएको छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर उपचार भइरहेको छ । बस  सडकबाट करिव १०० मिटर तल खसेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?