मिटरब्याजपीडित र प्रहरीबीच झडप

लोकपथ
42
Shares

काठमाडौं । विभिन्न मागसहित आन्दोलनरत मिटरब्याजपीडित र नेपाल प्रहरीबीच झडप भएको छ।

सोमबार शान्तिबाटिकामा प्रदर्शन गरिरहेको मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको हो ।

शान्तिबाटिकामा प्रदर्शनपछि सिंहदरबारमा प्रदर्शन गर्ने तयारीमा रहेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको हो । सो क्रममा २ दर्जन बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिंहदरबारवरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्तिबाटिकामा नै प्रहरी र मिटरब्याजपीडितबीच झडप भएको हो।

यसअघि सरकारसँग पटकपटक वार्ता गरे पनि समस्या समाधान हुन सकेको छैन । सरकारले आफूहरुले राखेको माग सम्बोधन नभएको भन्दै मिटरब्याज पीडितहरुले सरकारसँगको वार्ता भंग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?