आवश्यक सोधपुछका लागि मुकुलका सवारी चालक प्रहरी कार्यालयमा

लोकपथ
49
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँग प्रहरीले सोधपुछ थालेको छ ।

रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेका सवारी चालक घरको छतबाट खसेको विषयमा प्रहरीले थप अनुसन्धान थालेको हो ।

बिहान ३ः५४ बजे लामिछानेका चालक दिलबहादुर थापा घरको छतबाट खसेका थिए । उनीसँगै सुतेका ढकालका चालक राजवंहीसँग घटनाबारे थप जाँचबुझ गरिरहेको जिप्रका चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले लोकपथलाई जानकारी दिए ।

‘उहाँसँग हामीले घटनाको विषयमा आवश्यक सोधपुछ गरिरहेका छाँै ।’ कार्कीले लोकपथसँग भने ।

राजवंशीले यसअघि थापा आफूसँगै सुते पनि घटनाका विषयमा भने अरुले हल्ला गरेपछि मात्रै थाहा पाएको बताएका थिए ।

छतबाट खसेका थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हाल उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?