काठमाडौं– सोमबार पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) उच्चस्तरीय कार्य सम्पादन समितिको बैठक बसेको छ ।
बैठकले महामन्त्री ध्रुब प्रधानद्वारा प्रस्तुत पार्टी संगठन सम्बन्धी नीति तथा कार्यक्रम पारित गरेको छ भने पृथ्वी जयन्तीमा विदा दिलाउन पहल गर्ने र वाइडबढीका विषयमा पनि आवश्यक निर्णय गरेको छ ।
निर्णयहरु यस्ता छन्ः
१। संगठन महामन्त्री ध्रुब प्रधानद्वारा प्रस्तुत पार्टी संगठन सम्बन्धी नीति तथा कार्यक्रमलाई आवश्यक परिमार्जन सहित पारित भएको निर्णय भयो ।
२। पौष २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश उल्लेख गरी सो दिन राष्ट्रिय विदा कायम गर्नका लागि पार्टी अध्यक्षज्यूको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने र सम्बन्धित जिल्ला कार्य समितिको पहलमा सात वटा प्रदेशका मुख्य मन्त्रीहरु मार्फत ज्ञापन पत्र दिने निर्णय भयो ।
३। वाइड वडी जहाज प्रकरणमा संसदको लेखा समितिको छानवीन उपसमितिले प्रतिवेदन दिई सकेको अवस्थामा भ्रष्टाचारलाई ढाकछोप गर्ने गराउने उद्देश्यले सरकारले न्यायिक समिति गठन गरेर भ्रष्टाचारलाई बढावा दिने र संसदको सर्वोच्चतालाई चुनौति दिने कार्य गरेको हुँदा यो बैठक सरकारको सो कार्यको कडा प्रतिवाद गर्दै संसदीय सर्वोच्चता कायम राख्न वर्तमान सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया