काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्नेसम्बन्धी प्रस्ताव राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन् ।
आइतबार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृती दिएका हुन् ।
उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा कार्ययोजना, २०७९ अनुसार राष्ट्रिय सुरक्षा परिषद्को चैत २८ को निर्णय तथा चैत ३० को मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपतिले सो प्रस्ताव स्वीकृत गरेका हुन् ।
१० वैशाखमा तनहुँ क्षेत्र नं १, बारा क्षेत्र नं २ र चितवन क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया