एकीकृत समाजवादीकी चन्दा चपाईंद्वारा राज्यमन्त्रीको शपथग्रहण

लोकपथ
84
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद चन्दा चपाईं भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी छिन् ।

एकीकृत समाजवादीबाट राष्ट्रियसभा सदस्य नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी हुन् ।

उनले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत

समाजवादीबाट प्रकाश ज्वाला भौतिक पूर्वाधार र बेदुराम भुसाल कृषिमन्त्री छन् ।

आजै नेपाली कांग्रेसका नेता एनपी साउदले परराष्ट्रमन्त्रीको शपथ लिएका छन् ।

मन्त्री साउद र राज्यमन्त्री चपाईंले आजै पदभार ग्रहण गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?