काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको कार्यभार सम्हालेका छन् ।
आइतबार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदको पदबहाली ग्रहण गरेका हुन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा रहेका ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष भएका हुन् । ढकालले गत बिहीबार निःर्वतमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।
पदभार ग्रहणसँगै आफूले व्यवसायीहरुको समस्या समाधानमा केन्द्रीत भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै आफू निर्वाचित भएकै दिन गरेका बाचाहरु पूरा गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया