संसदमा प्रधानमन्त्री जान छाडेपछि रघुजीको व्यंग्य : ‘…भेट्नेले संसद भवनमा बुझाइदिनुहोला’

लोकपथ
98
Shares

काठमाडौं । संसदमा निरन्तर अनुपस्थित हुन थालेपछि सांसदहरुले प्रधानमन्त्रीलाई खोजेका छन् ।

आइतबार दिउँसो १ बजेबाट जारी प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित छन् ।

प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै एमाले सांसद रघुजि पन्तले प्रधानमन्त्रीलाई भेट्ने मान्छेले नयाँ बानेश्वरस्थित सिंहदरबारमा बुझाइदिन भन्दै व्यंग्य गरेका छन् ।

केही दिनअघि संसदमा झुलुक्क देखिए पनि हाल बैठकमा आउनै छाडेको बताए । सो विषयमा लयात्मक ढंगले उनले भनेका छन्, ‘नागरिकताको नाम श्री पुष्पकमल दाहाल । चलनचल्तीको नाम प्रचण्ड । स्थायी ठेगाना फेरि राख्ने, अस्थायी ठेगाना कहिले खुमालटार कहिले बालुवाटार । पहिलेपहिले कोटपाइन्ट लगाउने तर हाल दौरा सुरुवाल पनि लगाउने । उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छाडेकोले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटार छेउछाउ ।’

त्यसो त प्रधानमन्त्री मात्रै नभएर अन्य सांसदहरु समेत संसद बैठकमा उपस्थित हुन छाडेको भन्दै गुनासो आइरहेको छ । कतिपय अवस्थामा गणपूरक संख्या नै नपुगेपछि बैठक स्थगित भइरहेको छ ।

जारी बैठकमा बोल्दै रास्वपाका सांसद हरि ढकालले संसद सकिएपछि मात्रै हाजिरिको व्यवस्था गर्न समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?