बारा २ उपनिर्वाचन : उपेन्द्रलाई स्वतन्त्र सांसद जयसवालको समर्थन

लोकपथ
77
Shares

बारा । मधेश प्रदेशका निर्वाचित स्वतन्त्र सांसद प्रमोद जयसवालले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गरेका छन् ।

गत निर्वाचनमा बारा क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सांसद जयसवालले शनिबार विज्ञप्ति जारी गरी जसपाका उम्मेदवार यादवलाई समर्थन गरेका हुन् ।

उनले उम्मेदवार यादवलाई मतदान गर्न बारा २ का जनतासँग अपिल समेत गरेका छन् ।

मधेश आन्दोलनको नेतृत्व गरी मधेशका सवालहरू सम्बोधन गराउन र देशमा संघीयता स्थापित गराउन अतुलनीय योगदान गरेको र नागरिकता लगायतका समस्या समाधानका लागि जसपा अध्यक्ष यादव संसदमा पुग्नुपर्ने सांसद जयसवालले उल्लेख गरेका छन् ।

१० वैशाखमा हुने उपनिर्वाचनमा सो क्षेत्रबाट जसपाका अध्यक्ष यादव चुनावी प्रतिष्पर्धामा रहेका छन् । उनलाई गठबन्धनको साथ रहेको छ । यता नेकपा एमालेबाट पुरुषोत्तम पौडेल र जनमतबाट शिवप्रसाद कुशवाह चुनावी मैदानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?