काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं सांसद डा. सीके राउतले उपनिर्वाचनपछि मधेश प्रदेश प्रदेश सरकारको नेतृत्व सरकार बन्ने दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै डा. राउतले गत चैत १५ गते माओवादी, कांग्रेस र जनमतबीच भएको सहमति अनुसार मधेशमा जनमत नेतृत्वको सरकार हुने दाबी गरे । उनले नेपाली कांग्रेसले साथ दिने भएमा त्यो सम्भव हुने नभए कांग्रेसले प्रदेशको नेतृत्व गर्ने सम्भावना रहेको रहेको आंकलन गरे ।
‘चैत्र १५ गतेको माओवादी, कांग्रेस र जनमतको सहमतिप्रति काँग्रेस इमान्दार रहने हो भने उपनिर्वाचन पछि मधेशमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए कांग्रेसको।’ उनले भनेका छन् ।
त्यस्तै उपनिर्वाचनमा जसपाले भ्रम छरेको भन्दै उपनिर्वाचनपछि मधेश प्रदेशको नेतृत्वबाट जसपा जाने दाबी गरे ।
‘यहाँ प्रधानमन्त्री आफैं त कति दिन टिक्ने ठेगान छैन। मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचन पछि आफैं बहिर्गमन हुँदैछ। यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ छैन। जसपाका आफ्नै मुख्यमन्त्री र संघीय मन्त्रीहरूको भविष्यको ठेगान छैन, अरू बारेमा के भ्रम छर्नु।’ राउतले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया