‘स्थापित विधि विपरितको सक्रियताप्रति सबै सचेत हुनुपर्छ’ (पूर्णपाठ)

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्थापित विधि विपरित सक्रियता र निहित स्वार्थ प्राप्तिको आतुरताले बामे सर्दै गएको भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

नयाँ वर्ष २०८० सालको शुभकामना दिँदै राष्ट्रपति पौडेलले त्यसले लोकतान्त्रिक परिपाटी मजबुद नहुने भन्दै त्यसतर्फ सबै सतर्क बताए ।

‘स्थापित विधि विपरीतको सक्रियता तथा कुनै निहित स्वार्थ प्राप्तिको आतुरताले बामे सर्दै अघि बढेको लोकतान्त्रिक परिपाटी मजबुत हुँदैन । त्यसतर्फ हामी सबै सचेत हुनु पर्दछ ।’ राष्ट्रपति पौडेलले भनेका छन् ।

त्यस्तै पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ रहेको बताउँदै यी अवयवहरुको कार्यान्वयनले नै लोकतन्त्रप्रतिको भरोसा जागृत हुने विश्वास व्यक्त गरे । साथै स्थापित व्यवस्थामा लोकतन्त्रको विकल्प पूर्ण विकल रहेको स्पष्ट पारे ।

‘पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ हुन् । यिनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति जनताको भरोसा जागृत हुनेछ भन्ने मेरो दृढ विश्वास छ । साथै, हामी सबैले बुझ्नुपर्ने कुरा के पनि हो भने, ‘लोकतन्त्रको विकल्प पूर्ण लोकतन्त्र नै हो ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?