मन्त्री टुंग्याउन गगन–शेखर समूहको बैठक जारी

लोकपथ
70
Shares

काठमाडौं । सरकारमा मन्त्री पठाउनेबारे कांग्रेसको संस्थापन इतर समूहले छलफल थालेको छ ।

बिहीबार बिहान बालुवाटारस्थित सम्पर्क कार्यालयमा महामन्त्री गगन थापा, नेता डा. शेखर कोइराला लगायत शीर्ष नेताहरुको बैठक जारी छ ।

यसअघि आफ्नो पक्षले तीन मन्त्री पाउनुपर्ने अडान राखेको थियो । सम्मानजनक सहभागिताको अडानका कारण कांग्रेसले कुल ८ मन्त्रालय पाए पनि अहिले ४ सांसदलाई मात्रै सरकारमा पठाएको छ ।

बाँकी ४ मध्ये ३ वटामा इतर पक्षले दाबी गरेका कारण कांग्रेसमा मन्त्री टुंग्याउन सकस देखिएको हो । आजको बैठकले मन्त्रीको नाम टुंग्याएमा आजै शपथ हुनसक्ने बताइएको छ । इतर समूहबाट पार्टी उपसभापति धनराज गुरुङ, डिगबहादुर लिम्बूको नाम मन्त्री बन्ने सूचीमा रहेको छ । त्यस्तै कांग्रेस सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारको नाम पनि चर्चामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?