काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बसेको छ ।
केहीबेरअघि रास्वपाको केन्द्रीय कार्यालयमा बैठक शुरु भएको हो ।
आजको बैठकमा सांसद ढाकाकुमार श्रेष्ठको २ करोडको बार्गेनिङ गरेको अडियो प्रकरणबारे छलफल हुने बताइएको छ । केही दिनअघि सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाइसँग आफू मन्त्री हुन लागेको भन्दै २ करोड मागेका थिए ।
सो अडियो बाहिरिएसँगै रास्वपाले श्रेष्ठलाई निलम्बन गरेको छ । साथै मंगलबार पार्टीको अनुशासन समितिले पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । भने लामिछानेले दोषी प्रमाणित भए हदैसम्मको कारबाही गर्ने उद्घोष गरिसकेका छन् ।
यता श्रेष्ठले भने आफूलाई फसाउन खोजिएको भन्दै उक्त प्रकरणको बचाउ गर्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया