नेपालले भारतसँग कति मूल्यमा, कस्तो रेलका सेट किन्दैछ?

काठमाडौं । सरकारले जनकपुर–जयनगरमा रेल सञ्चालनका लागि ‘डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट ट्रेन’ खरिद गर्ने भएको छ । 

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार सरकारले शुरुमा रेलका इन्जिन र डिब्बासहितका दुईवटा सेट खरिद गर्ने भएको हो । जसको एउटा सेटमा पाँचवटा डिब्बा र दुईवटा इञ्जिन हुनेछन् ।

भारतको जयनगरदेखि नेपालको धनुषाको कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

सन् २०१४ मा ब्रोडगेज रेल्वेको निर्माण सुरु भएको थियो । त्यसयता जनकपुर–जयनगर रेल सेवा बन्द अवस्थामा छ । ब्रोडगेज विस्तारको लागि सिभिलतर्फका सबै काम सकिएको छ । 

कति मूल्यमा खरिद गरिदैछ रेल सेट ?

विभागले भारत सरकारसँग तत्कालै ५० करोड खर्चिएर रेल सेट ल्याउने भएको हो ।  चालू आर्थिक वर्षको बजेटमा रेल किन्न सरकारले ५० करोड बजेट विनियोजन गरिसकेको छ ।

तत्काल रेलका दुईवटा सेट खरिद गर्ने निर्णयमा पुगेको विभागका महानिर्देशक मिश्रले बताए । ‘हामी दुईवटा सेट किन्ने निचोडमा पुगेको छौं,’ उनले भने, ‘त्यसमा एउटा सेटको मूल्य अनुमानित ५० करोड रुपैयाँ पर्नेछ ।’

तत्काल रेलका दुईवटा सेट खरिद गर्ने निर्णयमा पुगेको विभागका महानिर्देशक मिश्रले बताए । ‘हामी दुईवटा सेट किन्ने निचोडमा पुगेको छौं,’ उनले भने, ‘त्यसमा एउटा सेटको मूल्य अनुमानित ५० करोड रुपैयाँ पर्नेछ ।’

यसअघि रेल्वे विभागले विदेशका अनुभवी कम्पनीलाई ३ वर्षसम्म रेल चलाउने, व्यवस्थापन गर्ने र नेपालमा त्यसको सीप हस्तान्तरण गर्ने गरी आउटसोर्सिङको अवधारणा बनाएको थियो । 

तर, आफ्नै रेल ल्याउने भएपछि सञ्चालन र व्यवस्थापन पनि नेपालले नै गर्ने योजना बनाइएको हो । आउँदो जनवरी १० तारिकसम्म भारतसँग डिल सकाएर चाडै रेल सञ्चालनमा ल्याउने सरकारको योजना छ । 

चालक र प्रविधिक जनशक्ति भारतबाटै  

 

सरकारले आफ्नै रेल चलाउने भए पनि रेल चलाउने जनशक्ति भने भारतबाट ल्याउने भएको छ । 

नेपालसँग रेल चलाउने अनुभवी जनशक्ति नभएकाले चालकसहित प्राविधिक जनशक्ति भारतबाट ल्याइने रेल्वे विभागले जनाएको छ ।

नेपालसँग रेल चलाउने अनुभवी जनशक्ति नभएकाले चालकसहित प्राविधिक जनशक्ति भारतबाट ल्याइने रेल्वे विभागले जनाएको छ ।

विभागका महानिर्देशक मिश्रका अनुसार भारतबाट आउने जनशक्तिले नेपाली  जनशक्तिलाई प्रशिक्षित गर्नेछन् । 

रेलको सञ्चालन र व्यवस्थापन हामी आफैं गर्ने भन्दै उनले ड्राभइभर लगायतका प्राविधिक जनशक्ति भारतबाटै ल्याउनु पर्ने बताए । 

भारतीय जनशक्तिले प्रशिक्षित गरेपछि केहि समयमै नेपालका प्राविधिकहरु राखेर रेल चलाउन सकिने उनको तर्क छ ।

यी हुन् नेपालमा चल्ने रेलको विशेषता 

नेपालले अहिले खरिद गर्न लागेको डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट ट्रेन हो । यो छोटो दूरीको लागि उपयुक्त रेल भएको विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताए । 

‘त्यसमा डिजेल इन्जिनबाट बिजुली उत्पन्न हुन्छ र रेलमा हुने ट्रयाक्सन मोटर चल्छ,’ ‘चित्रकारले भने, ‘यसले प्रतिघण्टा एक सय ६० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ ।’

‘त्यसमा डिजेल इन्जिनबाट बिजुली उत्पन्न हुन्छ र रेलमा हुने ट्रयाक्सन मोटर चल्छ,’ ‘चित्रकारले भने, ‘यसले प्रतिघण्टा एक सय ६० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ ।’

कोइलाबाट चल्ने ‘न्यारोगेज’ रेल मात्रै चलाएको नेपालसँग अनुभव भएकाले अब चल्ने ‘ब्रोडगेज’ रेलबारे नेपाली चालकहरु प्रशिक्षित नभएसम्म भारतबाट चालक ल्याउनुपर्ने छ । 

कुर्था–जनकपुर–जयनगर रेलमार्गको पुरानो ’न्यारो गेज’लाई हटाएर ’ब्रोड गेज’का रूपमा विस्तार गरिएको हो । यस्तै कुर्ताबाट महोत्तरीको विजलपुरासम्म रेलमार्गलाई ल्याउने योजना पनि विभागको छ । 

यो रेलमार्गलाई ४ वर्षभत्र बर्दिवासमा पूर्वपचिश्म रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने योजना छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?