बम्जनको आश्रमबाट प्रहरीले भेट्यो ९ पोका नुनको खोल, हराएकाको हत्या भएको आशंका

काठमाडौं । प्रहरीले रामबहादुर बम्जनको सिन्धुपाल्चोकको बाडेगाउँस्ति आश्रमबाट ९ पोका नुनको खोल भेटेको छ । 

शुक्रवार बिहान जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आश्रममा छापा मारेको थियो । 

प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले भने, ‘आश्रमबाट करिब तीन सय मिटर पर नौ प्याकेट नुनको खोल भेटियो, त्यसमा हड्डी पाएको छैन, शव अन्यत्रै लगेर जलाएको हुन सक्छ ।’

बम्जनमाथि तीन आनी बेपत्ता र एक अनुयायीको हत्या गरेको आरोप लागेको छ ।

बाराको हलखोरिया जंगलबाट तपस्या शुरु गरेका बम्जनको आश्रममा खानतलासी गर्न जिल्ला अदालतले बिहीवार प्रहरीलाई अनुमति दिएको थियो । 

यो सँगै बम्जनको आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका प्रहरीले गरेको छ । 

प्रहरीले वाइबाको खोजी गर्ने क्रममा आश्रमबाट करिब ३ सय मिटरको दूरीमा गाडीएको अवस्थामा नौ पोका नुनको खोल भेटिएपछि उनको हत्या भएको आशंका गरेको हो ।

बिहीवार सञ्चलालका छोरा महेन्द्रले बाबु खोजी पाऊ भनी जिल्ला प्रहरीमा जाहेरी दिएका थिए ।

जाहेरी लगत्तै प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको थियो । 

सम्बन्धित समाचार :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?