काठमाडौं । लागूऔषधसहित प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ धनपालथान गाउपालिका ६ घर भई हाल विराटनगर महानगरपालिका वडा नं. ९ बस्ने वर्ष ३५ की मिना राम रहेको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ परेको हो ।
मिना रामले बोकेको झोला चेकजाँच गर्ने क्रममा रातो ग्यालेनमा कोरेक्स २ लिटर, डाईजेल्याव ५०, नुरफिन ५० र फेनारगन ५० एम्पुल गरी जम्मा १५० एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसबारे थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया