काठमाडौं । सरकारले शुक्रवार दिउँसो ४ बजेसम्म सरकारी कार्यालय खोल्न प्रस्ताव गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री, शहरी विकास मन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सम्मिलित कार्यदलले सो प्रस्ताव गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार सो प्रस्तावमाथि सामान्य छलफल भएपनि कुनै निर्णय नभएको बताए । अहिले सरकारी कार्यालय दिउँसो ३ बजेसम्म मात्र खुल्ने गरेको छ ।
त्यस्तै सरकारले २०७६ सालमा राष्ट्रिय बिदाहरु थप गर्ने निर्णय गरेको छ ।
२०७४ सालमा धेरै बिदा दिएको भन्दै व्यापक आलोचना भएपछि केपी ओली नेतृत्वको सरकारले २०७५ का केही महत्वपूर्ण विदाहरुसमेत कटैती गरेको थियो ।
२०७६ सालमा सरकारले करिब एक दर्जन बिदा थप्ने छन् ।
जसमा जनैपूर्णिमा, छठ, क्रिसमस, ल्होसार, इदलगायत करिब एक दर्जन बिदा थपिने भएको हो ।
बैठकमा १९ वटा विदाको प्रस्ताव भएको छ भने १३ दिन बिदा थपको लागि लगिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया