साउदी पत्रकार खसोग्गी हत्याका मुद्दामाथि अदालत सुनुवाइ शुरु

काठमाडौं । साउदी अरबका पत्रकार जमान खसोग्गी हत्याको मुद्दामाथि अदालत सुनुवाई शुरु भएको छ । 

पत्रकार जमाल खसोग्गी हत्याको मुद्दामाथि साउदी राजधानी रियादस्थित एक अदालतमा सुनुवाई शुरु भएको हो ।

खसोग्गी हत्या आरोपमा पक्राउ परेका ११ मध्ये ५ जनामाथि हत्या अभियोग लगाइएको बीबीसीले उल्लेख गरेको छ ।

गत अक्टोबर २ मा टर्कीको स्तानबुल स्थित साउदी कन्सुलेटभित्र पत्रकार खसोग्गीको हत्या भएको थियो । खसोग्गीको हत्या आरोपमा पक्राउ परेका १८ जनालाई सुपुदर्गी गर्न टर्कीको बारम्बारको आग्रह वेवास्था गर्दै रियादले मुद्दाको सुनुवाई थालेको हो । 

पक्राउ परेका ११ जनाको परिचय नखुलाएको अपराध अदालतले अर्काे सुनुवाईको मिति सार्वजनिक गरेको छैन ।

रियादको अनुसार पत्रकार खसोग्गीलाई साउदी फर्काउन नियन्त्रणमा लिने क्रममा भएको हातपातका क्रममा उनको मृत्यु भएको दाबी गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?