बारा-२ मा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार

लोकपथ
98
Shares

काठमाडौं । नेकपा एमालेले बारा क्षेत्र नम्बर २ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि एमालेले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गत मंसिर ४ को निर्वाचनमा बारा २ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो । जसपाबाट चुनाव जितेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा पूर्ति गर्न आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

बारा २ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र राप्रपाबाट सोनेलाल साह उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?