उद्योगी व्यवसायीहरुसँग अर्थमन्त्री महतको निरन्तर छलफल

लोकपथ
56
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीहरुसँगको छलफललाई तीव्रता दिएका छन् ।

शुक्रबार अर्थमन्त्रीमा नियुक्त भएका महतले आफूले सबैसँग मिलेर काम गर्ने र अहिलेको अवस्थामा अर्थतन्त्र सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शपथग्रहणसँगै कार्यभार सम्हाल्दै गर्दा आफूले राष्ट्र बैंकसँग मिलेर अर्थतन्त्र चलायमान बनाउने बताए । यसअघि अर्थमन्त्रालय र राष्ट्र बैंंकबीचको सम्बन्धको बढेको दूरी घटाउने घुमाउरो अभिव्यक्ति दिएका महतले कार्यभार सम्हालेपछि उद्योगी व्यवसायीहरुसँग छलफललाई तीव्रता दिएका छन् । त्यसो त अर्थमन्त्री महतले अर्थमन्त्रालयकै विभिन्न तहगत भेटघाट गरेका थिए ।

आइतबार नै निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँग भेटेका थिए । भेटमा डा. महतले निजी क्षेत्रसँगको सहकार्यमा सरकारले अर्थतन्त्रलाई सुधार गर्ने योजनाहरु सुनाएका थिए ।

त्यसलगत्तै सोमबार नेपाल उद्योग परिसंघसँग छलफल गरेका छन् । परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवाल नेतृत्वको टोलीले अर्थमन्त्रालय पुगेर अर्थमन्त्रीसँग भेटघाट गरेका थिए । भेटमा टोलीले देशमा लगानीमैत्री वातावरण नभएको मन्दै त्यसका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?