मलेसिया जेलमा नेपाली : छुटाइदिने भन्दै लाखौं ठगी

काठमाडौँ — मलेसियामा जेल परेका श्रमिकलाई छुटाइदिने भन्दै परिवारलाई ठग्ने गिरोह सक्रिय रहेको पाइएको छ । यस्तो ठगी मलेसिया प्रहरीसँग मिलेमतोमा हुने गरेको छ ।

मलेसियाले गैरकानुनी हैसियतका श्रमिकलाई थुन्ने र सजाय पूरा भएपछि ‘डिपोर्ट’ गर्ने अभियान चलाएसँगै दलालले ठगी धन्दा बढाएका हुन् । उनीहरूले जेल परेका श्रमिकलाई भेटेर परिवारको सम्पर्क नम्बर लिई रकम असुल्ने गरेका छन् । ‘मलाई छुटाइदिन्छु भन्दै परिवारसँग दुई लाख २१ हजार रुपैयाँ लिएको रहेछ,’ युवराज आचार्यले  भने, ‘नेपाल आएपछि मात्रै थाहा पाएँ ।’

उनका आफन्तले उदयपुरका सुमन लिम्बूलाई पैसा पठाइदिएका थिए । २०१२ नोभेम्बर ९ मा युनाइटेड एचआर सोलुसनबाट मलेसिया गएका आचार्य एक वर्षपछि मेडिकल परीक्षणमा फेल भए । कम्पनीले नेपाल पठाइदिन लागेपछि भागेर अन्तै काम गरिरहेका थिए । गत जुन ६ तारिखमा पक्राउ परे । कान्तिपुर दैनिकमा  खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?