प्रदेश २ ले अघि बढायो लोकसेवा विधेयक

जनकपुर — प्रदेश २ सरकारले लोकसेवा विधेयक अगाडि बढाएको छ । संघीय सरकारले आवश्यक कर्मचारी नदिँदा सरकारले गति लिन नसकेको भन्दै प्रदेश सरकारले लोकसेवा विधेयक ल्याएर स्थायी कर्मचारी नियुक्तिको तयारी थालेको हो ।

प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग विधेयक प्रदेशसभामा दर्ता गराउन स्वीकृत दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको लोकसेवामार्फत आवश्यक कर्मचारी स्थायी नियुक्ति गर्ने कानुनी आधार टेकेर विधेयक अघि बढाइएको बताए ।

‘संघीय सरकारले कर्मचारी नदिँदा प्रदेश सरकारले गति लिन सकेन,’ उनले कान्तिपुरसँग भने, ‘धेरै पर्खियौं । संघीय सरकारले नटेरेपछि कर्मचारी नियुक्ति र खटनपटन विधेयकहरू अगाडि बढाउन बाध्य भयौं ।’ लोकसेवा आयोग विधेयक प्रदेशसभामा छिट्टै दर्ता गराइने उनले बताए । कान्तिपुर दैनिका खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?