पूर्वप्रतिबद्धताविपरीत बिदा थप्दै सरकार

काठमाडौं – सरकारले आफ्नो पूर्वप्रतिबद्धताविपरीत आगामी वर्ष २०७६ सालका लागि थप ११ दिन सार्वजनिक बिदा थप्ने भएको छ। विभिन्न जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै तीन दिनमा सार्वजनिक बिदा दिने तयारी सरकारले गरेको हो। सार्वजनिक बिदा धेरै हुँदा राज्यको काम प्रभावित भएको भन्दै एक वर्षअघि केपी ओली नेतृत्वको सरकारले बिदा कटौती गर्ने निर्णय गरेको थियो।

आदिवासी जनजाति महासंघलगायत विभिन्न संघसंस्थाले जातीय समुदायका चाडपर्वमा सार्वजनिक बिदा नदिइएको भन्दै आन्दोलन गरेपछि गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बिदा पुनरवलोकन गर्न बनेको तीनसदस्यीय कार्यदलले बिदा थप्ने प्रस्ताव गरेको हो। गृहमन्त्री थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको बिदा पुनरवलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक बिदा प्रस्ताव गरेको हो। आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?