काठमाडौं – अदालतमा विराचाराधीन ज्यान मुद्दाका अभियुक्त रेशम चौधरीलाई सांसदको पद तथा गोपनीयताको शपथ गराउनु ‘कानुनको बर्खिलाप’ भएको टिप्पणी कानुन विज्ञहरूले गरेका छन्।
अदालतको अनुमति नलिई संघीय संसद्बाट पत्र आएपछि डिल्लीबजार कारागारमा पुर्पक्ष थुनामा रहेका चौधरीलाई बिहीबार सिधै सिंहदबारस्थित संसद् सचिवालयमा लगेर सपथ गराइएपछि कानुन विज्ञले असन्तुष्टि जनाएका छन्।
‘ज्यान मुद्दा जस्तो गम्भीर अभियोग खेपिरहेका व्यक्तिलाई संसद्मा शपथ गराउनु कानुनको उल्लंघन हो’, वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठले भने, ‘अदालतले आदेश दिएको भए पाइन्थ्यो। जेलबाट लगेर शपथ गराउनु कानुनको बर्खिलाप हो।’ चौधरीलाई जेलबाट संसद् सचिवालयमा लैजानु नै गल्ती भएको उनले बताए। कारागारबाट छोडिनु पनि शक्तिको दुरुपयोग भएको टिप्पणी उनले गरे। २०३५ सालदेखि वकालत पेसामा रहेका श्रेष्ठले पञ्चायत व्यवस्थामा पनि कानुनी प्रक्रियामा काम हुने गरेको स्मरण गरे। उनले भने, ‘कानुनी प्रक्रियाअनुसार अघि बढ्नुपथ्र्यो।’ नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया