३३ किलो सुन तस्करी प्रतिवेदन गुपचुप पारियो

काठमाडौं–३३ किलो सुन तस्करीसम्बन्धी प्रतिवेदन गुपचुप बनाइएको छ । प्रधानमन्त्री केपी ओलीले तस्करीबारे थप अनुसन्धान गरिने बताउँदै दोषीमाथि कडा कारबाही गरिने बताएपनि पाँच महिनासम्म अनुसन्धान प्रक्रिया अघि नबढाइएको हो । बरु छानबिनका क्रममा प्रक्राउ परेकाहरु छुट्दै गए । अब त प्रतिवेदनकै बारेमा सरकारी निकाय एकअर्कालाई औंल्या तेर्याउन थालेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
संगठीत सुन तस्करी अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन कहाँ छ ? त्यसमा के भइरहेको छ ? गृहमन्त्रालयमा बुझ्दा प्रवक्ता रामकृष्ण सुवेदीले प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा हुन सक्ने बताए ।
यता प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले भने, ‘गृहमन्त्रालयको विषय भएकाले गृहमै बुझ्नू ।’
समितिले साउन १६ मा ७ सय ७२ पृष्ठको प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलार्इै बुझाएको थियो । गत माघ ९ गते दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको ३३ किलो सुन बाटोबाटै हराएको थियो । सो प्रकरणमा सनम शाक्यको हत्या भएपछि घटना बाहिर आएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?