८ प्रहरीलाई पक्राउ गरेर मुद्दा चलाउन आईजीपीले दिए निर्देशन

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा  लापरबाही गर्ने आठ प्रहरीविरुद्व मुद्दा चल्ने भएको छ ।
अनुसन्धान प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपमा आठ प्रहरीविरुद्ध मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो । एआईजी धीरु बस्न्यान नेतृत्वको छानबिन समितिको प्रतिवेदनको आधारमा मुद्दा चलाउन आईजीपी सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिएका हुन् ।
सेवाबाट हटाइएका एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदशी भट्टसहित अवकासप्राप्त डीएसपी ज्ञानबहादुर सेठी, डीएसपी अंगुर जिसी, सईहरु रामसिंह धामी, इन्द्रसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा चलाउन निर्देशन दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । एसपी विष्ट डीएसपी एठीर जीसी तथा इन्सपेक्टर खड्कालाई भने दिलिपसिंह विष्टलाई यादना दिएर अपराध कबोल गर्न लगाइएकोमा यातनासम्बन्धी मुद्दा समेत चलाउन निर्देशन दिएको छ ।  नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?