डडेल्धुरा । सदरमुकाम अमरगढीस्थित बागबजारमा अगलागी हुँदा ३ पसल जलेर नष्ट भएका छन् ।
अमरगढी- ५ बागबजारमा राति १२ बजे आगलागी हुँदा तीन पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार आगलागीको कारण खुल्न नसके पनि मानसिक सन्तुलन गुमाएका व्यक्तिले आगो लगाएको हुनसक्ने अनुमान छ ।
आगलागीबाट नेरु तरकारी पसल, स्काई फोटो स्टुडियो, नाम नखोलिएको नास्ता पसल नष्ट भएको उनले बताए । करिब १ घन्टापछि अमरगढी नगरपालिकको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया