मन्त्री विश्वकर्मालाई कांग्रेस कार्यकर्ताप्रतिको मोह, बाध्यता कि नियत?

काठमाडौं । लामो सयमदेखि नेतृत्वविहीन रहेको नेपाल स्काउटको नयाँ तदर्थ समिति गठन गर्ने प्रकृया अघि बढेको छ । नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव लोकबहादुर भण्डारीको नेतृत्वमा ५ सदस्य नयाँ तदर्थ समिति बनाउने तयारी भएको श्रोतले बताएको छ । अन्य सदस्यहरुमा शिवबहादुर भण्डारी, विजेन्द्र धोजु, इन्द्रभुषण अधिकारी र सिमा कर्णको नाम उल्लेख छ । गत भाद्र ६ गते चन्दन कौशिकको नेतृत्वमा रहेको तदर्थ समितीको म्याद सकिएपछि नेपाल स्काउट नेतृत्वविहिन बनेको हो । 
  
२०७४ भाद्र ७ गते नेपाल स्काउटका निर्वाचित प्रमुख आयुक्त रविन दाहालको नेतृत्वलाई अपदस्त गर्दै तत्कालिन युवा तथा खेलकुदमन्त्री राजन केसीले चन्दन कौशिकको नेतृत्वमा तदर्थ समिति गठन गरेका थिए । कौसिकलाई नेपाल स्काउटको निर्वाचन गर्ने जिम्मेवारी सहित १ वर्षको समयसिमा दिएको थियो । १३ जनाको कार्य समिती रहेको सो कमिटीमा सम्पूर्ण कांग्रेस निकट कार्यकर्ता सहित ७ जना गैरस्काउट समेत रहेका थिए । 

यो अवधीमा कौशिक नेतृत्वको कार्यसमितीले निर्वाचन गर्न नसकी १ वर्षको अवधी असफल रुपमा बितायो । त्यसवीच समितीले पुर्व निधारित दोस्रो नेपाल स्काउट ज्याम्वोरी भने ककनीमा सम्पन्न गरेको थियो ।

अहिले भण्डारीको नेतृत्वमा बन्न लागेको कमिटीमा प्रस्तावित सिमा कर्ण चन्दन कौशिककी दिदि हुन । कर्ण र अधिकारीलाई सदस्य बनाउन कौशिकको दवाव रहेको बताइएको छ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीका भन्जा समेत रहेका कौशिकको दवावमा मन्त्री रहेको मन्त्री निकट श्रोतले बताएको छ । 

मन्त्रि विश्वकर्माले भने सवैलाई मिलाएर लान आफुले सवैको कुरा सुन्ने बताउदै आएका छन् । ‘तर मन्त्रिज्यू किन दवावमा परेर स्काउटमा निस्क्रिय रहनु भएका व्यक्तीहरुलाई समितीमा ल्याउन लाग्नु भयो बुझ्न सकिएन’ स्काउटका एक सदस्यले नाम नबताउने सर्तमा बताए । उनले दोस्रो नेपाल स्काउट ज्याम्बोरीमा भएको करोडौ रुपयाँको अहिलेसम्म हिसाव किताव बाहिर नल्याउनु र यसमा मन्त्री पनि सामेल हुनसक्ने आशंका व्यक्त गरे । उनी भन्छन् ‘कतै मन्त्रिलाई यहि कुरामा कौशिकले ब्लाक मेलिङ्ग त गरिरहेका छैन?’ 

स्काउट प्रमुख समेत रहेका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले स्काउटमा नयाँ कमिटी गठन गर्ने भन्दै २ पटक स्काउट लिडरहरुको भेला समेत मन्त्रालयमा बोलाइसकेका छन् । दिएको मुख्य जिम्मेवारी नै पुरा नगरी १ वर्षे कार्यकाल पुरा गरेका निर्वतमान नेपाल स्काउटका तदर्थ समिती संयोजक चन्दन कौशिकले ज्याम्बोरी सफल पारेको भन्दै मन्त्री विश्वकर्माले भेलामा मुक्तकण्ठले प्रशंसा गरेपछि अन्य लिडरहरु हासेका थिए । सो क्रममा उनले मंसिरको अन्तिम साता भित्र नयाँ तर्दथ समिती गठन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । 

नेपाल स्काउट समयसापेक्ष अघि नबढेको भन्दै ३ वर्ष अघि युवा स्काउटहरुले आन्दोलन समेत गरेका थिए । नेपाल स्काउटमा भएको भ्रष्टाचार र ऐन पुर्नलेखन हुनु पर्ने भन्दै भएको आन्दोलमा २१ दिनसम्म आमरण अनशन चलेको थियो । आन्दोलनका कारण १६ वर्षदेखी नेतृत्वमा रहेका तत्कालिन प्रमुख आयुक्त श्रीराम लामिछानेले पदबाट राजिनमा समेत दिनु परेको थियो । 

नेपाल स्काउटका संरक्षक समेत रहेका प्रधानमन्त्री केपी ओलीबाट समितीको सम्वन्धमा बारम्बार चासो ब्यक्त भइरहदा आलटाल हुनुले मन्त्री विश्वकर्माको नियत माथी नै आशंका बढेको छ । ६० हजार सदस्य संख्या रहेको नेपाल स्काउट लामो समयदेखी नेतृत्व विहिन हुदाँ स्काउटका दैनिक गतिविधी, तालिम लगायत अन्र्तराष्ट्रिय कार्यक्रमहरुमा समेत प्रत्यक्ष प्रभाव परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?