काठमाडौं– राजधानीको सतुंगलस्थित एक कपडा तथा कपास गोदाममा बिहीबार साँझ भीषण आगलागी भएको छ ।
आगलागी नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र लतिलपुरमा रहेका सवै दमकलको सहयोगमा स्थानीय, नेपाली सेना र प्रहरी खटिएका छन् ।
आगलागी नियन्त्रणमा आउन नसकेको र नियन्त्रणमा लिने प्रयास भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
ठुलो संख्यामा प्रहरी परिचालन गरेर बालाजु, मातातिर्थ र किर्तीपुर लगायतका क्षेत्रका पानी ट्यांकर समेत परिचालन गरेर आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको बताईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया