काठमाडौं – २०७५ सालमा घोषणा भएका सार्वजनिक बिदाहरु यथावत राख्दै सरकारले १३ दिन सार्वजनिक बिदा थप्ने प्रस्ताव गरेको छ।
सार्वजनिक बिदा पुनरावलोकन गर्दै गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको बिदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको हो। सरकारले थप पर्वमा बिदा थप्ने प्रस्ताव गरेको छ।
आगामी वर्षदेखि किराँत समुदायको चाड उभौली र उधौलीमा बैशाख तथा मंसिर पूर्णिमा दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको छ। आदिवासी जनजाति महासंघको मागबमोजिम ती बिदा प्रस्ताव गरिएको हो।
त्यस्तै, इदुल फित्र,बकरइद र मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव गरिएको छ।
त्यस्तै क्रिश्चिनय महासंघको माग तथा बिदा पुनरवलोकन गर्न सर्वोच्च अदालतको आदेशलाई समेत मध्यनजर गर्दै डिसेम्बर २५ मा क्रिसमसको दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको छ।
अर्को वर्षदेखि गुरुङले मनाउने तमु ल्होसार, तामाङको सोनाम ल्होसार र शेर्पाको ग्याल्वो ल्होसारमा पनि सार्वजनिक बिदा प्रस्ताव गरिएको छ। त्यस्तै छठ पर्वमा पनि विदा प्रस्ताव गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया