प्राज्ञिक विद्यार्थी परिषद्काे नवाैँ राष्ट्रिय अधिवेशन धनगढीमा शुरु

लोकपथ
0
Shares

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे नवाैँ राष्ट्रिय अधिवेशन उद्घाटन भएको छ।

आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रण भन्ने नाराका साथ सुदुरपश्चिमकाे धनगढीस्थित ॐ पार्टि प्यालेसमा महालेखा परीक्षक टंक शर्मा दंगालले उद्घाटन गरेका हुन् ।

उनले कार्यक्रम उद्घाटन सत्रमा बोल्दै नेपालमा विस्तारै नैतिकता र इमानदारीताकाे खडेरी पर्दै गइरहेकोले नैतिकता प्राप्तिका लागि असल आचार, असल कर्म गर्दै अगाडि बढने युवा शक्तिकाे आवश्यकता रहेकाे बताए।
त्यस्तै उनले समय, धन र उर्जा कसरी प्राप्त गर्ने भन्ने विषयमा चिन्तन गर्नुपर्ने बताए। साथै उनले वर्तमान समयमा नेपालकाे अर्थतन्त्र विस्तारै कमजोर हुँदै गइरहेको र त्यसकाे कारण पुँजीकाे अभाव, सीप र राेजगार र उत्पादनकाे कमि नै भएकोले त्यसका लागि ती चिजहरूलाई जाेड दिएर अगाडि बढनु पर्ने आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गाेपी हमाल, प्राध्यापक हेमराज पन्त, नवनिर्वाचित राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, राष्ट्रिय अध्यक्ष गाेपीनाथ कंडेल, राष्ट्रिय सचिव वर्षा सापकोटा, प्रदेश सचिव प्रदिप भट्ट, जिल्ला अधिकारी, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक एवं हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचार प्रमुख दीपक कुमार अधिकारी, स्तम्भकार श्रीकृष्ण अनिरूद्व गाैत्तम, संघका राष्ट्रिय प्रचारक वेद प्रकाश अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन मन्त्री आशिष चाैहान लगायत धनगढीमा शैक्षिक, व्यवसायीक, सामाजिक र आध्यात्मिक व्यक्तित्वहरूकाे महत्त्वपूर्ण उपस्थिती रहेको थियो ।

तीन दिनसम्म सञ्चालन हुने अधिवेशनमा देशभरबाट करिब एक हजार विद्यार्थी सहभागी भएका छन् । अधिवेशनमा देशको वर्तमान शैक्षिक अवस्था सुधारका लागि शैक्षिक प्रस्ताव, वर्तमान सामाजिक, आर्थिक एवम् राजनीतिक अवस्थालाई लिएर समसामयिक प्रस्ताव र आत्मनिर्भर अर्थतन्त्रसम्बन्धी प्रस्ताव पारित गरिने परिषद्ले जनाएको छ ।
साथै अधिवेशनमा नयाँ कार्यसमिति चयनसँगै विद्यार्थी परिषद्को कार्यविस्तार एवम् विभिन्न सांगठनिक विषयमा समेत छलफल हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?