सर्वोच्चमा राणाको प्रवेशः तस्बिरमा हेर्नुहोस् सपथदेखि पदभारसम्म

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण बुधबार बिहान गराएलगत्तै पदभारका लागि सर्वोच्च अदालत पुगे ।
पदभारका क्रममा उनले अदालतलाई निष्पक्ष बनाउन भरमग्दुर प्रयास गर्ने बताए ।
यसअघि शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति रहेको थियो ।

राणालाई मङ्गलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन गरिएको थियो ।
तस्बिरमा हेर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?