गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटवार्ता गरेका छन् ।
सङ्घका कार्यकारी अध्यक्ष रवीना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधिमण्डलले उपराष्ट्रपतिसमक्ष लामो समयदेखि उठाउँदै आएको नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपालीको सम्पत्तिको सुरक्षा, नेपालमा सहजै लगानीको वातावरण निर्माण नेपाललाई समृद्ध बनाउन गर्ने सहकार्यलगायत विषयमा छलफल गरेको थियो ।
भेटमा सङ्घका कार्यकारी अध्यक्ष थापाले सङ्घले लामो समयदेखि नागरिकताको निरन्तरताका लागि आवाज उठाउँदै आए पनि सो विषय टुङ्गो नलागेको भन्दै त्यसका लागि सकारात्मक पहल गरिदिन उपराष्ट्रपति यादवको ध्यानाकर्षण गराइन् ।
सङ्घका अध्यक्ष आचार्यले सम्पत्तिको सुरक्षासम्बन्धी कानूनलाई गैरआवासीय नेपालीमैत्री बनाउन र लगानीका लागि विद्यमान बाधा व्यवधान सुल्झाउन सकारात्मक पहल गरिदिन आग्रह गरे ।
भेटमा उपराष्ट्रपति यादवले गैरआवासीय नेपालीको लागानी विषयमा यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको सङ्घले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया