काठमाडौं । अवैध रुपमा अनलाइनबाट ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ९ चिनियाँसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनीहरुले सामाजिक सञ्जाल ‘ह्वाट्स् एप’ मा विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी अनलाइन मार्फत प्रलोभनमा पारी ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । काठमाडौंका विभिन्न स्थानमा घर भाडामा लिएर उनीहरुले सो धन्दा चलाउँदै आइरहेका थिए ।

उनीहरुलाई बुधबार प्रहरीको टोलीले बुढानिलकण्ठको महादेवखोला र चण्डोलबाट पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट विभिन्न कम्पनीका १२ थान ल्यापटप, विभिन्न कम्पनीका ७७ सेट मोबाइल (सिमसहित), ७७ थान सिमकार्ड, नेपाली नगद ४ लाख १ हजार ८ सय ८० रुपैयाँ, २ थान डेस्कटप र ४ थान राउटर समेत बरामत गरिएको छ ।
उनीहरुबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया