१५ सय घुससहित सहायक कम्प्युटर अपरेटर पक्राउ

काठमाडौं । इलाका प्रशासन कार्यालयमा कार्यरत एकजना सहायक कम्प्युटर अपरेटर (खरिदार) घससहित पक्राउ परेका  छन् । 

इलाका प्रशासन कार्यालय, सिमरा, बारामा कार्यरत सहायक कम्प्युटर अपरेटर राज्यनारायण साह १५ सय घुससहित पक्राउ परेका हुन् । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले खरिदार साहलाई १५ सय घुससहित पक्राउ गरेको हो ।

उनले नागरिकता प्रमाणपत्र बनाइ दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?