कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ नुनुवाबाट मंगलबार करीव २ लाख ६७ हजा रुपैयाँ बराबरको ५२ क्विन्टल चामल र साढे ३ क्विन्टल युरिया मल बरामद गरिएको छ ।
भारतबाट अवैध रुपले ल्याई बेवारिसे अवस्थामा राखेको उक्त चामल तथा मल सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादापुर र सुठौली भन्सार कार्यालयका कर्मचारीले बरामद गरेको हो ।
बरामद चालम तथा मल सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया