प्रहरी कदमको विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

राजविराज । बुधबार बिहानै सप्तरीको खडक नगरपालिकामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। 

स्थानीयवासीलाई कुटपिट गरेको भन्दै प्रहरी कदमको विरोधमा राजमार्ग अवरुद्ध गरिएको हो । 

 स्थानीयहरुले सवारी जाँचका नाममा प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको र घरमा राखेका सवारीसाधन पनि नियन्त्रणमा लिएपछि विरोधमा उत्रिएका हुन् ।

मंगलबार राजमार्गमा सवारी जाँचका क्रममा बोदेवरसाइन नगरपालिका, पर्साही टोलका युवालाई प्रहरीले हातपात गरेको स्थानीयको भनाई छ । चेकजाँचपछि छोडिएको चौधरीकोको मोटरसाइकल घरबाटै प्रहरीले नियन्त्रणमा लिएका थिए । 

इलाका प्रहरी कार्यालय, कल्याणपुरले चौधरीको मोटरसाइकल नियन्त्रणमा लिइएको स्वीकारे पनि कुटपिट भने नगरेको बाताएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?