पूर्वराजा ज्ञानेन्द्रले विभिन्न दलका ३ सय ८५ लाई भेटे

काठमाडौँ – अंग्रजी नयाँ वर्ष मनाउन पुस २ गते पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न दलका ३ सय ८५ जना नेतासँग सामुहिक भेट गरेको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।
स्रोतका अनुसार राजपा, नेपाली कांग्रेस, राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक, राप्रपा राष्ट्रवादीसहितका नेतासँग भेट गरेका हुन् ।

विभिन्न तहका नेतासँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे पूर्वराजा ज्ञानेन्द्रले जानकारी लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?