आज सफला एकादशी, यस्तो छ धार्मिक विश्वास

काठमाडौं । आज सफला एकादशी ।  हरेक वर्षको पुस कृष्णपक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । 

यो एकादशीमा व्रत गरे ठूला–ठूला महायज्ञ गरेभन्दा बढी फल पाइने धार्मिक विश्वास रहेको छ ।  आजको दिन भगवान विष्णुको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

एकादशीका दिन बिहानै उठेर नुहाइधुवाई गरी शुद्ध भई शिरमा श्रीखण्ड चन्दन लगाई भगवान विष्णुलाई कमल अथवा बैजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूपदीप, नैवेद्ध चढाएर पूजा गर्ने गरिन्छ ।

भने  भोलि बिहान  बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिइसकेपछि मात्रै ब्रतालुले भोजन गर्ने परम्परा रहिआएको छ । 

यो एकादशीको व्रत बस्ने सबैलाई सफलता प्राप्त हुने भएकोले एकादशीको नामै सफला एकादशी भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?