संसदमा एकैपटक एक सय १० कानुन

काठमाडौं। सरकारले एकैपटक ११० कानुन संसद्मा पेस गर्ने तयारी गरेको छ । संविधानसँग बाझिएका ३३९ कानुन संशोधन र परिमार्जन गर्ने क्रममा सरकारले एकैपटक यति ठूलो मात्रामा विधेयक सदनमा पठाउने तयारी गरेको हो ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले करिब ११० कानुन एकैपटक परिमार्जन गर्ने गरी मन्त्रिपरिषद्मा विधेयकको मस्यौदा दर्ता गराएको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरी संसद् सचिवालयमा दर्ता गरेपछि सदनमा यी विधेयकले प्रवेश पाउनेछन् ।

संविधानले तोकेअनुसार २१ फागुनभित्रै सबै कानुन परिमार्जन गर्नका लागि कानुन मन्त्रालयले छोटो बाटो अपनाएको छ । कानुनमन्त्री भानुभक्त ढकालका अनुसार प्रत्येक कानुनलाई छुट्टाछुट्टै पेस गर्नुभन्दा एकैपटक पेस गर्दा छलफल गर्न सहज हुने भएकाले यस्तो गरिएको हो । राजधानी दैनिकमा विस्तृतमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?