श्रम कार्यालय बिराटनगरका प्रमुख उपसचिव प्रेमप्रसाद सञ्जेलको कार्यकक्षका टेबुल कुर्सी बाहिर फालिएका छन् ।
गत सोमबार आफ्नो सरुवाको विरुद्ध पत्रकार सम्मेलन गरी कार्यालय पुगेका सञ्जेलसँग विवाद गरेका तत्कालीन निमित्त प्रमुख मणिनाथ गोपले सञ्जेलको कार्यकक्षबाट टेबुल कुर्सी बाहिर फालिदिएका हुन् ।
भष्ट्राचारीका रुपमा सञ्जेलले आफ्नो नाम लिएको भन्दै आक्रोशित भएका गोपले सञ्जेलको कार्यकक्षका टेबल कुर्सी हटाइदिएको बुझिएको छ ।
आफ्नो कार्यकक्षको टेबुल कुर्सी निकालेर फालिएपछि सञ्जेल श्रम कार्यालय पुगेका छैनन् ।
सरुवा विवादले वैदेशिक रोजगारीको श्रम स्वीकृति दिने कार्य पनि प्रभावित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया