न्यू इयर इभ को तामझामले काठमाडौंलाई छोएको छ ।
राजधानीका विभिन्न ठाउँमा सांगीतिक कार्यक्रमको तयारी हुँदैछ । हरेक वर्ष भव्य रुपमा ‘न्यू इयर इभ’ मनाउने ठमेलमा पनि आज नेपाली र विदेशीहरुको चाप अलि बढी नै देख्न सकिन्छ ।
यही माहोलमा ‘स्नेही काख’ परिवार पनि मनाउँदैछ नयाँ वर्ष । तर, अलि भिन्न तरिकाले ।
काठमाडौँको मा एउटा स्टल राखिएको छ ।
स्टलमा दुई चुलो भएको एउटा ग्याँस राखिएको छ ।
एकापट्टि मःमको भाँडाबाट तात्तातो वाफ उडिरहेको छ भने अर्कापट्टि चिया उम्लिने तरखरमा छ ।
वरिपरि केही मान्छेहरुको चाप देख्न सकिन्छ ।
कोही पकाउँदै छन्, कोही खाँदै । यो दृश्य ‘स्नेही काख’ले राखेको स्टलको हो ।
नयाँ वर्षको अवसरमा नाँचगान र रमाइलो गरेर भन्दा पनि स्टलमा मःम, ससेज, चिया जस्ता खानेकुराहरु बिक्री गरेर ‘स्नेही काख’ले आर्थिक सहयोग जुटाउने प्रयत्न गरेको छ ।
विगत ८ वर्षदेखि मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई नाना, छाना र खाना सँगसँगै पारिवारिक वातावरण प्रदान गरिरहेको ‘स्नेही काख’ नामक संस्थाकी संस्थापक श्रीनेहा पोखरेल हुन् ।
२५ वर्षे श्रीनेहाले आफ्नो संस्थामा रहेका २४ जना महिला, ११ जना पुरुष र ७ बालबालिकालाई आमाले जस्तै स्याहारसुसार र माया दिइरहेकी छिन् ।
यस्ता चाडपर्व र विशेष अवसरमा उत्पादनशील काम गरेर संस्थाको आर्थिक सहयोगमा पनि टेवा पुग्ने र संस्थामा भएका सदस्यहरुलाई पनि केही गर्ने हौसला मिल्ने उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया