काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले डिउटीमा रहेको प्रहरीलाई घुस दिन खोज्नेलाई पक्राउ गरेको छ ।
प्रहरीले बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ख ९४६९ नं. को यात्रुवाहक बसका सहचालक रुपन्देही बुटवल नगरपालिका २ घर भएको २८ वर्षीय राम बहादुर सुवेदीले डिउटीमा रहेका प्रहरीलाई चेकजाँचको क्रममा नगद रु. १५०० घुस दिन खोज्दा उनलाई नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया