काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको काम टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएको छ ।
सोमवार अपरान्ह कार्यदलले गर्ने जिम्मेवारीबारे निर्देशन दिन उनीहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको हो ।
गत मंसिर २९ गतेदेखि पुस १३ गतेसम्म चलेको स्थायी कमिटी बैठकबाट गठित ९ सदस्यीय कार्यदलमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’सहित स्थायी कमिटी
सदस्यहरु शंकर पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, बेदुराम भुसाल, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् ।
कार्यदलको संयोजक तोकिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया