हत्या आरोपका फरार अभियुक्त काठमाडौंबाट पक्राउ

काठमाडौं । १७ वर्षे युवकको हत्या गरि फरार अभियुक्त चार दिन पछि पक्राउ परेका छन् ।

कोदालो प्रहार गरि युवकको विभत्स हत्या गर्ने गौमुखी गाउँपालिका वडा नंम्बर ६ लिवाङका २६ वर्र्षीय बिर बहादुर खत्रीलाई पक्राउ गरिएको प्युठानका प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए । अभियुक्त खत्रीलाई विषेश सूचनाको आधारमा काठमाडौंस्थित नयाँ बसपार्कको मित्रनगर स्थितु होटल ग्यालेक्सीबाट प्रक्राउ गरिएको उनले बताए । 

’घटनापछि फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएका छौँ, प्रहरी नायव उपरीक्षक बुढाथोकीले भने, ’काठमाडौंमा उनी लुकिछिपी बसेका रहेछन, पक्राउ गरि उनलाई आजै प्युठान ल्याईएको छ ।’

अभियुक्त खत्रीलाई गएको बुधवार स्थानिय अन्दाजी १७ वर्षीय गणेश घर्ती मगरलाई कोदालो प्रहार गरि हत्या गरेको आरोप छ । पिडित परिवारले गणेशको हत्या बिर बहादुर खत्रीले नै गरेको भनी प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

गत बुधवार बिहान  खेतमा पानी हाल्न जान्छु भनि घरबाट निस्किएका घर्तिमगर विहीवार साँझसम्म घर फर्किएका थिएनन् ।  विहीवार राती ११ः३० बजे मृत अवस्थामा खेतभन्दा करिब १५ मिटर टाढा गणेश घर्ती मगरको शव क्षतबिच्छेद अवस्थामा भेटिएको थियो । प्रहरी श्रोतकाअनुसार अभियुक्तले आफैँले हत्या गरेको स्वीकार गरेका छन् ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?