राष्ट्रिय जनमोर्चाले पनि सरकारलाई विश्वासको मत दिने

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।

आज बसेको संसद बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सरकारलाई विश्वासको मत दिने जानकारी गराए ।

‘सम्माननीय प्रधानमन्त्री बालकोट गएर पूरानै गठबन्धनमा फर्किनुभयो । सबैले दिए भनेर होइन, यसपाली राष्ट्रिय जनमोर्चाले पनि सरकारलाई विश्वासको मत दिने निर्णयमा पुगेको छ ।’

यसअघि गत पुस २६ गते जनमोर्चाले सरकारलाई विश्वासको मत दिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?