कांग्रेस–सरकार दूरी झन् बढ्दै

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारबीचको दूरी थप बढ्दै गएको छ । पछिल्लो समय सरकारले कर्मचारी समायोजनका नाममा अध्यादेश ल्याएपछि कांग्रेस र सरकारबीचको दूरी थप बढ्दै गएको हो ।
संसद्को हिउँदे अधिवेशन सुरु भएको पहिलो दिन गत बुधबार नै विपक्षी दल कांग्रेसले संसद् बैठकमार्फत सरकारको कडा आलोचना गरेको थियो । कांग्रेसले जननिर्वाचित संसद्को थलो छलेर सरकारले कर्मचारी समायोजनका नाममा अध्यादेश ल्याएको आरोप लगाउँदै आएको छ ।

उसले संसद्मार्फत नै दलहरूबीचको परामर्शमा ऐन ल्याउन सकिने अवस्थामा समेत विपक्षमा रहेका दललाई देखाइदिने नियतले अध्यादेश ल्याएको र सरकारले नै प्रतिपक्षसँगको दूरी बढाउन चाहेको बताएको छ ।
कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँडले सरकारले एकपछि अर्को गर्दै जनताका हितविपरीतका गतिविधि गर्दै अघि बढेको र अब संसद्मा प्रतिपक्ष पनि छ भन्ने सरकारलाई आभास गराइदिने जनाए । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?