काठमाडौं । संसदको दोस्रो ठूलो दल नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका एमाले सांसद विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् ।
उनले संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिने आधारहरु नरहेको समेत बतााए ।
बैठकमा बोल्दै उनले अहिलेको गठबन्धन बन्नुको राजनीतिक कारणहरुबारे प्रष्ट पारेका छन् ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया