उपराष्ट्रपति यादवको पद त्यागको पत्र संसदबाट स्वीकृत, बारा–२ मा उपनिर्वाचन हुने

लोकपथ
224
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको पद त्यागको पत्र संसदबाट स्वीकृत भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले यादव उपराष्ट्रपतिमा निर्वाचित भइसकेपछि दल त्यागको लागि परेको पत्र स्वीकृत भएको घोषणा गरेका हुन् ।

गत निर्वाचनमा यादव बारा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । गत फागुन ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएसँगै उनले दल तथा सांसद पद त्यागको पत्र संसद सचिवालायमा पठाएका थिए ।

यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै उनको क्षेत्र खाली भएको छ । त्यससँगै सो क्षेत्रमा उपनिर्वाचन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?